अष्टलक्ष्मी शाक्य द्वारा राजीनामा,गठबन्धनको तर्फ बाट राजेन्द्र पाण्डेको दाबी
कार्तिक १० , हेटौडा ।बागमती प्रदेको मुख्यमन्त्रीमा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।
अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दावी पेस गरेको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार विहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरेका छन् ।