राजदूत नियुक्त गर्दा दलहरूकाे भागबन्डा हाेइन साझा सूची बनाऔँ : नेता श्रेष्ठ
काठमाण्डाै । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरूको भागबन्डा भन्दा छुट्टै साझा सूची बनाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले यसो नगरिए कुनै पनि पार्टीमा नलागेका योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्नेतर्फ ध्यानाकर्षण गरेका हुन् ।
प्रधानमन्त्रीले तीन जना राजदूत नियुक्त गरिसकेको भन्दै नेता श्रेष्ठले केही सङ्ख्या भागबन्डामा लगे पनि केही सङ्ख्या साझा सूचीबाट छान्नुपर्ने बताएका हुन् ।