बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासकाे मत पाएका छन् ।
मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेको हो ।
आज प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्री पाण्डेकाे पक्षमा ५९ मत खसेकाे हाे । त्यस्तै उनको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेकाे छ ।