सत्तारुढ पाँच दलको वैठक सम्पन्न, राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति
२३ कात्तिक, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकमा सोमबार सम्पन्न भएको छ ।
बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ ।उक्त समितिको संयोजकमा हाल काँग्रेसका नेता रामचन्द्र पौडेल रहेका छन् । साथै आसन्न राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति भएको एक नेताले बताए ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुनमा सकिँदैछ, उनीहरुमध्ये १९ जना निर्वाचनमार्फत चयन हुनेछन् ।