एमाले निकट युवा बिद्यार्थी द्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन,मुल्य वृद्धि फिर्ता लिन माग
कार्तिक २५,सिन्धुली । सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा देशव्यापी आन्दोलन चर्केको छ ।
सिन्धुलीमा आज राष्ट्रिय युवा संघ नेपाल सिन्धुली र अनेरास्ववियु सिन्धुली द्वारा वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेकाे मुल्य वृद्धिकाे बिराेधमा प्रधानमन्त्री शेर बहादुर देउवाकाे पुत्ला दहन भएको छ ।
पेट्रोलियम पदार्थमा गरेकाे मुल्य वृद्धिकाे फिर्ता नगरे आझ सशक्त आन्दोलन चर्काउने युवा संघका जिल्ला अध्यक्ष देवराज वाइवाले बताए ।