कांग्रेस वागमतीमा कसैको आएन ५१ प्रतिशत मत, पुन: मतदान हुने
हेटौंडा । कांग्रेस वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन:मतदान हुने भएको छ ।
आइतबार बिहान सम्पन्न मत गणना अनुसार कांग्रेस वाग्मतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका छन् । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन् ।
अब दोश्रो चरणको मतदान हुने छ ।