नेकपा (एकीकृत समाजवादी)ले फागुन १ मा एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ ।
सरकारले आगामी फागनु २ गते बस्ने संसदको बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ । अमेरिकाले पनि एसिसीबारे चाँडो निर्णय दिन नेपाल सरकारलाई दबाव दिइरहेको छ ।
यथाशिघ्र एमसिसी पास नगरे फिर्ता लैजाने अमेरिकाले सरकारलाई बताउदै आएको छ । एमसिसीको बिरोध नेपालमा जनस्तरबाटै भइरहेको छ । साथै बुधबार काठमाडौंमा सात दलले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको थियो ।