काठमाडौं महानगर वडा १० को अध्यक्षमा अशोक कार्कीको नाम सिफारिस



काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय चुनावको लागि काठमाडौं महानगरपालिका वडा १० को वडा अध्यक्षको लागि अशोक कार्कीको नाम सर्वसम्मतले प्रस्ताव गरेको छ । चैत २८ गते बसेको वडाको वैठकले नाम सर्वसम्मतको साथ जिल्ला कमिटिलाइ सिफारिस गरेको हो ।

एमालेले कार्कीको साथै सदस्यहरुमा लक्ष्मीनारायण महर्जन,किशोर थापा,प्रभा मैनाली र निर्मला परियारको नाम प्रस्ताव गरेको हो । यस वडामा बिगतमा चुनाव जितेको काँग्रेसले भने उमेदवार टुंग्याउन सकेको छैन । गत २०७४ मा भएको स्थानीय निकायको चुनावमा काँग्रेसका रामकुमार केसी वडा अध्यक्षमा बिजय भएका थिए ।काँग्रेसमा आकांक्षि धेरै भएकाले टुंगिएको छैन । उता गठबन्धन गर्ने भनेर केन्द्रमा सहमति गरेको नेकपा माओवादी केन्द्रले भने वडाको अध्यक्षमा देवेन्द्रकुमार देउजालाइ सिफारिस गरिसकेको छ ।

आउदै गरेको स्थानीय निकायको चुनावलाइ केन्द्रित गरेरा राजनीतिक दलहरुले सङ्गठनको कामहरु व्यापक बनाएका छन् ।

एनपीएलको ट्रफीमा कालापत्थर को ढुंगा,धरहरा परिसरबाट ट्रफी अनावरण

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ

पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने

काठमाडौं । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

 सामाजिक सञ्जालमा हामी