गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल हुँदैन :नेता खनाल
काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनु भएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उहाँले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताउनु भएको हो ।
नेता खनालले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरेक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्नुपर्छ ।’
गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्छ ।’