संखुवासभामा मोटरसाईकल दुर्घटना हुँदा एमालेका नेताको मृत्यू



खाँदबारी। संखुवासभाको भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका २ रुकुमाका फुर्पु छिरिङ लामाको मृत्यू भएको छ ।

मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल दुर्घटना हुँदा कान्छा लामा भनिने फुर्पु छिरिङकाे मृत्यू भएको हो ।लामा नेकपा एमालेको युवा संगठन युवा संघ नेपाल संखुवासभाको निवर्तमान सहसचिव रहेको नेकपा एमालेका नेता वाङ्दावी भोटेले जानकारी दिनुभयो ।लामा मोटर साईकल चालकको पछाडी बसेका थिए । सवारी चालक सिकारु भएकोले मोटरसाईकल दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको नेता भोटेले जानकारी दिनुभयो । माेटर साईकल चालक भने सकुशल रहेकाे बताईएकाे छ ।

मृत्तकको शव अहिले नुमबाट खाँदबारी ल्याउने तयारी भईरहेको समेत नेता भोटेले जानकारी दिनुभयो ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी