मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा कलङ्कीबाट २ जना पक्राउ



काठमाडौँ । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ  र चन्द्रागिरि नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका–८ किरनचौरका हुन् । कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा प्र ०२–०४० प ६३८१ नम्बर तथा बा प्र ०२–०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी