कैद भुक्तान सकिने दिन कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त



विराटनगर । विराटनगरको मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको आज बिहान मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस गते ७ः ३० बजे  अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले बताए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको र उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।

सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको हो । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।  अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।

आज बिहानसम्म मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।

मोरङ कारागारमा केही दिन अगाडि एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शङ्कास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए । पछि जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेर छानबिन गर्दै आएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको

हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

 सामाजिक सञ्जालमा हामी