प्रदर्शन नियन्त्रणमा लिन बालकुमारीमा हवाई फायर, १० जना पक्राउ



काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले बताए ।प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । प्रदर्शनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा प्रहरी वृत सातदोबाटोका डिएसपी उमेश जोशी र जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल नेतृत्वको टिम परिचालन गरिएको छ ।

कोरियाली भाषा परिक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडी चक्रपथमा आगजनी गरेका हुन् । घटनास्थलमा काठमाडौँबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी