‘बालकुमारीमा मारिएका युवाको परिवारलाई सरकारले रोजगारी र राहत देओस्, छानबिन प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नगराेस्’



काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएकाे छ ।

मृतक रावत र शाहको परिवारलाई सरकारले तत्काल राेजगारी र राहत दिनुपर्ने अध्यक्ष ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।
रावत र शाहका परिवारको पीडा सुन्दा मन बेचैन भइरहेको उहाँले उल्लेख गर्नुभएकाे छ ।

छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने काम नगर्न समेत अध्यक्ष ओलीले सरकारलाई चेतावनी दिनुभएकाे छ ।उहाँले लेख्नुभएकाे छ – ‘बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ, छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ, कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ, छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् ।’

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी