पुर्व अमेरिकी रास्ट्रपति ट्रम्प हत्या प्रयासको आरोपमा एक पाकिस्तानी नागरिक पक्राउ



वासिङटन डिसी : इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको योजना बनाएको आरोप लागेको छ।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले यो हत्या गर्ने षड्यन्त्र वा योजनाको सम्बन्ध प्रत्यक्षरुपमा इरानसँग रहेको जनाएका छन्।

४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको छ।

रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए।

मंगलबार, एफबीआई निर्देशकले कुनै पनि राजनीतिज्ञ वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र हाम्रो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने बताए।

आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको छ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी