रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको जित



काठमाडौं १ मंसिर,पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ । पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न नसक्दा गोलरहित बराबरी खेलेको थियो दोस्रो हाफमा पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल र पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए । ५-१ को फराकिलो जित निकालेको पोर्चुगल लिग ए ग्रुप १ मा ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । उसको क्वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।

 

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी