नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि नेपाल आर्मीलाई



बुटवल: त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीबार ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि चुमेको हो। उपाधिसँगै आर्मीले सात लाख रुपैयाँ हात पार्‍यो।

प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भयो। बिहीबार नै भएको खेलमा भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो। तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ। यसैगरी गुजरातले एक लाख रुपैयाँमा चित्त बुझायो।

आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ट खेलाडी बने। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक आर्मीका लोकबहादुर बूढा घोषित हुँदा उत्कृष्ट लिबेरो आर्मीकै इश्वर थापा र उत्कृष्ट  सेटर आर्मीकै दुर्गाप्रसाद महतो चुनिए। यस्तै, पुलिसका सन्जुविक्रम शाह उत्कृष्ट आउट साइडर, रविन चन्द अपोजिट प्लेयर र रविन नगरकोटी उत्कृष्ट मिडल ब्लकर भए।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर च्याम्पियनसिप आयोजना गरेको थियो। पुस १७ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका एकसहित आठ टिमको सहभागिता थियो

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी