चम्किँदै शेर मल्ल



लुम्बिनी लायन्सका लागि यस संस्करण ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेका स्पीनर शेर मल्लले बुधबार पनि उक्त लयलाई निरन्तरता दिए ।

यस संस्करणका लागि अक्सनबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका शेर लुम्बिनीका लागि ‘एक्स फ्याक्टर प्लेयर’का रूपमा देखिएका छन् ।

पछिल्ला खेलहरूमा लुम्बिनीको जितमा विपक्षीका टप अर्डर ब्याटरलाई दु:ख दिँदै आइरहेका शेरले आजपनि सोही काम गरे । विदेशी खेलाडीमा बढी भर परेको काठमान्डुको ब्याटिङ ध्वस्त पार्नमा भूमिका खेले ।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका शेरले पहिलो बलमै आकाश त्रिपाठीलाई आउट गरे भने आफ्नो दोस्रो ओभरमा मिलिन्द कुमारलाई पनि आउट गरे । अर्कोतर्फ रुबेन ट्रम्पलमनले पनि दुई विदेशी ब्याटर सन्नी पटेल र बेन चार्ल्सवर्थलाई आउट गरेपछि काठमान्डु खेलमा पछाडि परिसकेको थियो ।

१०औं ओभरमा कप्तान रोहित पौडेलले भीम सार्की र राशिद खानलाई पनि आउट गरेपछि काठमान्डु ५१-६ को दयनीय अवस्थामा पुगेको थियो । आदिल आलमले केही ठूला शटहरू खेलेपनि उनलाई शेर मल्लले १४औं ओभरमा बोल्ड गरिदिए ।

सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको काठमान्डु त्यसपछि कुनैपनि समय खेलमा फर्कन सकेन । ३ विकेट लिएका शेर मल्ल प्लेयर अफ द म्याच पनि घोषित भए ।

८ खेलमा विकेट संख्या १३ पुर्‍याएका शेर मल्ल लुम्बिनीका लागि सर्वाधिक विकेट लिने बलर हुन् भने एनपीएलकै सर्वाधिक विकेट लिने सूचीमा पनि तेस्रो स्थानमा छन् ।

कप्तान रोहित पौडेलले शेर मल्लको भूमिका धेरै महत्वपूर्ण भएको बताए । ‘शेर मल्ल एकदम महत्वपूर्ण भूमिकामा छन् । जतिबेला बलिङ दिएपनि विकेट निकालेर दिइरहेका छन् क्रुसियल समयमा’ उनले भने, ‘टिमले जित्नका लागि विकेट महत्वपूर्ण हुन्छ, उनले प्रदर्शन पनि गरिरहेका छन् । उनको भविष्य पनि उज्ज्वल देखिएको छ।’

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी