नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने ७५ हजार अमेरिकी डलर पनि पाउने पक्का भएको छ । नेपाल पुलिस क्लबका चन्द्रले बुधबार ५४ केजी तौल समूह (बान्टमवेइट)मा इरानी खेलाडी मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका खेलाडीले जित्न लागेको यो पहिलो पदक समेत हो । चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ हजार अमेरिकी डलर (१ करोड रुपैयाँ भन्दा बढी) पक्का गरेका छन्। फाइनलमा पुगेमा १ लाख ५० हजार र फाइनल जितेमा ३ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। रोल्पा स्थाई घर भएका नेपाल पुलिस क्लबका चन्द्र सुरु देखि नै राष्ट्रिय टोली तयारी टिमको मिसन २०२६ को प्रशिक्षणमा रहेका छन् । उनले २०७४ बाट बक्सिङ खेल्न सुरु गरेको हुन् ।चन्द्रले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा काजकिस्तानका खेलाडी साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका अर्का खेलाडी लाल बहादुर उप्रेती भने क्वाटरफाइनलमा पराजित भएका छन् । उनी ४८ केजी तौल समूहमा काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५-० ले पराजित भएपनि सेमिफाइनल पुग्न असफल भए । क्वाटरफाइनलमा पराजित भएपनि लालप्रसादले नगद १० हजार डलर पुरस्कार पक्का गरेका छन् । यसपटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट चन्द्र र लाल प्रसादसहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।