एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत



नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा ७ जना प्रतिनिधी छनौट गर्नु पर्नेमा १ जना प्रतिनिधी निर्विरोध र वाँकी ६ जना निर्वाचन प्रकृयावाट छनौट भएका हुन । निर्वाचनमा प्रतिनिधीहरुको सवैभन्दा बढी मतभार नेकपा एमाले सङखुवासभा जिल्ला उपसचिव समेत रहेकी श्री सुनिता कटुवाल कार्कीको पक्षमा परेको छ । खुल्ला तर्फवाट विजेता वनेका कोशी प्रदेश सभासद श्री बिदुर सुब्बा सर्वाधिक मतको दोस्रो बरियतामा परेका छन । सुब्बाले कुल खसेको मत १९१२ मध्ये ९८६ मत प्राप्त गर्दा सुनिता कटुवाल कार्कीले १३५३ मत प्राप्त गरेकी छन । २०८२ मंसिर १३ गते शनिवारका दिन जिल्ला समन्वय समिति सङखुवासभाको प्राङगणमा भएको निर्वाचनमा नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा कुल प्रतिनिधी ३०८२ को ६२ प्रतिशत मत खसेको थियो । नेकपा एमाले सङखुवासभाका ३०८२ संगठित सदस्य रहेकोमा १९१२ मतदाताले मतदान प्रकृयामा भाग लिएका थिए । शनिवार विहान ८.१५ वजेवाट शुरुवात भएको मतदान प्रकृया दिउँसो ३.०० सम्म मतदान सम्पन्न भएर आईतवार विहान ७ वजे नतिजा सार्वजानिक गराईएको नेकपा एमाले जिल्ला कमिटि उपसिचव सुनिता कटुवाल कार्कीले वताएकी छन । नेकपा एमालेले ४ वटा क्लष्टरवाट ७ जना प्रतिनिधी छनौट गरेको हो । जसमा दलित कंलष्टरवाट ईन्द्रमाया वराईली निर्विरोध निर्वाचित भए थिईन भने वाँकी रहेका ६ वटा कोटामा (खुल्ला तर्फ ३ जनाका लागि १२ जना, २ महिला का लागि ३ जना र १ अन्डर ४० का लागि ३ जना) कुल १८ जना भिडेका थिए । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटका लागि प्रतिनिधी सभा निर्वाचन क्षेत्रको हकमा १२०० पार्टी सदस्य वरावर ४० वर्ष मुनिका १ युवा, कम्तिमा १ जना महिला सहित ४ जना प्रतिनिधी निर्वाचित हुने निति थियो । न्यूनतम १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप १ जना महिला प्रतिनिधी र त्यसपछी प्रत्येक थप ८/८ सय नाघेमा पहिलो ८००मा महिला र त्यसपछी दोस्रो र तेस्रोमा खुल्ला प्रतिनिधीको कोटा हुनेछ भने चौथो ८०० नाघेमा महिला सदस्यको कोटा हुनेछ । दलित निर्वाचन क्षेत्रको हकमा प्रति ५०० वरावर १ कोटा हुने नेकपा एमालेले जनाएको छ । त्यसभन्दा वढी संगठित सदस्य भएमा सोही अनुपातमा पहिलो १००मा महिला र अन्यमा खुल्ला प्रतिनिधी चुनिने प्रावधान रहेको पाईएकोछ ।
विजयी उमेद्वारहरु
खुल्ला तर्फ
श्री बिदुर सुव्वा ९८६ मत, श्री खड्गवहादुर राई ९७६ मत, श्री भविश्वर गुरुङ ७७२ मत
महिला तर्फ
श्री सुनिता कटुवाल कार्की १३५३ मत, श्री उर्मिला नेपाल सुवेदी ८८२ मत
युवा तर्फ
श्री फुर्वा शेर्पा ८६२ मत
दलित तर्फ
श्री ईन्द्रमाया वराईली निर्विरोध निर्वाचित

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

 सामाजिक सञ्जालमा हामी