साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै



काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुनेछन् । भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराची सिटी एफसीले तथा नेपालको एपिएफ फुटबल क्लबले भुटानको ट्रान्सपोर्ट युनाइटेड प्रतिस्पर्धा गर्दै छन् । इस्ट बंगाल एफसी र कराची सिटी एफसीको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ः०० बजे सुरु हुनेछ । इस्ट बंगाल लगातर दोस्रो जितको खोजीमा हुनेछ । यो इस्ट बंगालको दोस्रो खेल हो । इस्ट बंगालले पहिलो खेलमा भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले हराएको थियो । कराची भने पहिलो जितको खोजीमा हुनेछ । यो कराचीको तेस्रो खेल हो । कराचीले पहिलो र दोस्रो खेलमा क्रमशः ट्रान्सपोर्ट र बंगलादेशको नस्रिन स्पोटटर्स एकेडेमीसँग गोलरहित बराबरी गरेको थियो । प्रतियोगिताअन्तर्गत आजै हुने अर्काे खेलमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले ट्रान्सपोर्टसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल बेलुका ६ बजे सुरु हुनेछ । एपीएफ पनि लगातर दोस्रो जितको खोजीमा हुनेछ । यो एपीएफको दोस्रो खेल हो । एपीएफले पहिलो खेलमा नस्रिनलाई ४–० ले हराएको थियो । ट्रान्सपोर्ट भने पहिलो जितको खोजीमा हुनेछ । ट्रान्सपोर्टले पहिलो खेलमा कराचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बंगालसँग ४–० को हार व्यहोरेको हो । प्रतियोगितामा कुल पाँच टिमले सहभागिता जनाएकाछन्। नेपालबाट विभागीय टोली एपीएफ, भारतको इस्ट बंगाल, पाकिस्तानको कराँची एफसी, बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी रहेका छन्। खेल आगामी पौष ५ गरे सम्म चल्ने छ।

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

 सामाजिक सञ्जालमा हामी