अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल



काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान भइरहेको छ । नियमविपरीत होटलको हुलदंगा तथा आतंकवाद आरएसएमडीएसटी जोखिम पुनर्बिमा गरिएको विषयमा फरकफरक कोणबाट अनुसन्धान अघि बढाइएको हो ।

निर्जीवन बिमा कम्पनीहरूले बिमांक बराबरको आरएसएमडीएसटी बिमा अनिवार्य रूपमा गर्नुपर्ने र यसको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीले सञ्चालन गर्ने पुलमार्फत मात्र गर्नुपर्ने व्यवस्था भए पनि हिल्टन होटलको उक्त जोखिम पुनर्बिमा नेपाल पुनर्बिमामा नगरिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बिमा प्राधिकरणबाट अनुसन्धान भइरहेको उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

विशेषगरी ओरियन्टल इन्स्योरेन्सले हिल्टल होटलको आरएसएमडीएसटी जोखिम पुनर्बिमा नगरेको प्रारम्भिक अध्ययन देखिएको स्रोतको भनाइ छ । नेपाल पुनर्बिमा कम्पनीबाट हिल्टनको पुनर्बिमा नभएको खुलेपछि ओरियन्टल प्राधिकरणको निगरानीमा परेको छ । प्राधिकरणले ओरियन्टल इन्स्योरेन्सलगायत हिमालयन पुनर्बिमा, नेपाल पुनर्बिमा र एलियन्ट पुनर्बिमा ब्रोकर कम्पनीमाथि पनि डेढ महिना अघिदेखि निगरानी बढाएको स्रोतले बतायो ।

स्रोतका अनुसार प्राधिकरणले ओरियन्टलबाट हिल्टनसम्बन्धी कागजात लिएर कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ । अनुसन्धानका क्रममा एलियन्ट पुनर्बिमा ब्रोकर पनि शंकाको घेरामा परेको छ । हिल्टनको पुनर्बिमा एलियन्टमार्फत गरिएको थियो । प्राधिकरणले एलियन्टसँग कागजपत्र माग गरिरहेको तर एलियन्टले जेन–जी प्रदर्शनका क्रममा सबै फाइल जलेको दाबी गरेको स्रोतको भनाइ छ ।

यद्यपि, प्राधिकरणले एलियन्टले हिमालयन पुनर्बिमाको नाममा जारी गरेको डेबिट नोटमा हिल्टनको हिमालयन रिइन्योरेन्समा पुनर्बिमा नभएको तथ्य खुलेको स्रोतले बताएको छ । यसमा हिल्टल होटलको प्रवद्र्धक शंकर समूहका लागि प्रस्तावित पुनर्बिमामा मिलेमतोको भएको आशंकामा नेपाल पुनर्बिमा कम्पनी पनि अनुसन्धानको दायरामा आएको स्रोतको भनाइ छ ।

यसअघि जेन–जी प्रदर्शनपछि हिल्टनमा भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि ब्याक–डेट पोलिसी जारी गर्ने प्रयाससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । आयोगले प्राधिकरणलाई कागजात मागेपछि प्राधिकरण दबाबमा परेको स्रोतको भनाइ छ । ओरियन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१÷८२ मा शंकर समूहका केही कम्पनीहरूको पुनर्बिमा नेपाल पुनर्बिमाबाट गरेको थियो । तर, चालू आर्थिक वर्षका निम्ति भएको स्पष्ट प्रमाण बिमा कम्पनीहरूले नै जुटाउन सकेका छैनन् । हिल्टन होटलमा शंकर समूहको प्रमुख लगानी छ । यसबाहेक ‘बिचौलिया’ समूहका नाइके दीपक भट्टको पनि लगानी रहेको र यही समूहको प्रमुख लगानीमा हिमालयन पुनर्बिमा कम्पनी रहेका हिल्टनको आरएसएमडीएसटी बीमा हिमालयन पुनर्बिमामा भएको छ, जुन प्राधिकरणको नियमविपरीत हो ।

प्रारम्भिक सर्भेअनुसार होटलमा करिब ४ अर्ब रुपियाँ क्षति भएको अनुमान छ । यसमा हिमालयन पुनर्बिमाले २ अर्ब २५ करोड, नेपाल पुनर्बिमाले ७५ करोड र ओरियन्टलले १ अर्ब रुपियाँ भुक्तानी गर्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो ।

आरएसएमडीएसटी बिमामा १० करोडसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बिमा कम्पनी र ३५ प्रतिशत बिमकले भुक्तानी गर्ने व्यवस्था छ । १० करोडदेखि ६ अर्बसम्म शतप्रतिशत पुनर्बिमाले बहन गर्छ । अन्डर इन्स्योरेन्सका कारण दाबी रकम करिब ६२ प्रतिशतमा सीमित हुन सक्छ ।

भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो । होटलको संरचना अध्ययन गर्न जापानी फर्म मियामोतोले गरिरहेको छ । होटलमा ९ बैंकहरूले ५ अर्ब २ करोड ऋण लगानी गरेका छन्, जसमा नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्टलगायत छन् । ५ अर्ब २ करोड ऋण सुरक्षित राख्दै होटलले ५ अर्ब बराबरको मात्र बिमा गरेको थियो । होटल एसोसिएसनको विवरणअनुसार हिल्टनमा ८ अर्बभन्दा बढी लगानी छ, तर बिमा रकम ५ अर्ब मात्र भएकाले होटल ‘अन्डर इन्स्योर्ड’ अवस्थामा छ । त्यसैले पाउने दाबी भुक्तानी उल्लेखनीय रूपमा घट्नेछ । नेपाल समाचारपत्र दैनिकमा यो खबर प्रकाशित छ ।

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

 सामाजिक सञ्जालमा हामी