न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा
काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज युवा महिला भलिबल खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना खेलजीवनका अनुभवहरू साझा गरिन्।
उनले विशेष रूपमा प्रशिक्षक कुमार राईले नेपाली महिला भलिबलमा पुर्याएको योगदानको प्रशंसा गर्दै, अनुशासन, आत्मविश्वास र निरन्तर अभ्यासको महत्वबारे खेलाडीहरूलाई प्रेरित गरिन्। 
Reale World द्वारा आयोजित यो कार्यक्रम डिसेम्बर ११–१३ सम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन हुँदैछ।