बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ



धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरी पाँचथर पठाएको हो।

सीआईबीका एआईजी मनोज केसीका अनुसार राजकुमार तामाङ लामा, जसलाई कुमार र विश्वक्रान्ति देवराज लामा नामले पनि चिनिन्छ, विस्फोटक पदार्थसम्बन्धी गम्भीर मुद्दामा फरार रहेका अभियुक्त हुन्। उनीविरुद्ध २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोट घटनासम्बन्धी मुद्दा दायर भएको थियो।

उक्त बम विस्फोटमा एक बालिकाको मृत्यु भएको थियो भने दुई जना अन्य व्यक्ति घाइते भएका थिए। घटनापछि लामालाई फरार अभियुक्तका रूपमा खोजी गर्दै आएको प्रहरीले मंगलबार काठमाडौँबाट नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीका अनुसार पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न पाँचथर पठाइएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको र थप विवरण क्रमशः सार्वजनिक गरिने सीआईबीले जनाएको छ।

उक्त घटनाले राजनीतिक वृत्तमा पनि चासो बढाएको छ, किनकि पक्राउ परेका देवराज लामा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष हुन्।

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

 सामाजिक सञ्जालमा हामी