अनेरास्ववियू सिन्धुपाल्चोकको नेतृत्वमा थापा
माघ १५ / सिन्धुपाल्चोक
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केपी ओली पक्षले अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी आज गठन गरेको छ ।अनेरास्ववियू सिन्धुपाल्चोककाे जिल्ला कार्यदलकाे बैठक पार्टी केन्द्रीय सदस्य सरेश नेपालकाे प्रमुख आतिथ्यतामा बसेको वैठकले संयाेजक रामचन्द्र थापा र सह संयाेजक कमल बुढाथाेकी लाइ चयन गरेको छ ।
बैठकले कार्यलय सदस्यहरुमा अरुण पराजुली,मनाेज थापा,आईमान तामाङ ,आदर्श भट्टराई,राम बिष्ट , निशान्त आचार्य,रेश्मा श्रेष्ठ र रभि गजुरेललाइ चयन गरेको छ भने ९९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।जिल्लाको सबै निर्वाचन क्षेत्र,स्थानीय तह र विद्यालय तह सम्म कमिटी विस्तार गरिने नव घोषित जिल्ला कमिटिका संयोजक रामचन्द्र थापाले बताए ।