राष्ट्रिय युवा संघ नेपालले बोलायो केन्द्रिय बैठक
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले माघको २४ र २५ गतेको लागी काठमाडौमा केन्द्रिय कमिटी को दोश्रो बैठक बोलाएको हो ।
संघका सह संयोजक रमेशकुमार पौडेलले सूचना जारी गर्दै सम्पुर्ण केन्द्रिय सदस्यहरु लाई अनिवार्य उपस्थितिको लागी सूचना गरिएको छ । बैठकमा केन्द्रिय सदस्यहरुलाई जिल्ला रिपोर्टिङ सहित उपस्थित हुनु भनिएको छ ।
काठमाडौमा नेकपाको २३ गते बृहत जनप्रदर्सन समेत रहेको छ र सम्पुर्ण सदस्यलाई माघ २२ गते साझ सम्म आइपुग्न भनिएको एक केन्द्रिय सदस्यले बताए ।