प्रचण्ड-माधव पक्षको काठमाडौं मा बिशाल प्रर्दशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले आज काठमाडौं मा बिशाल प्रर्दशन गरेको छ । उक्त समुह प्रतिनिधिसभा विघटन लाई असंवैधानिक एवम् प्रतिगामी कदम भन्दै पुष ६ देखि आन्दोलन मा रहेको छ ।
आज काठमाडौंमा आयोजित विरोध सभामा दुइ लाख मान्छे उतारेको उक्त पार्टीले दाबी गरेको छ । आज को कार्यक्रमलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’,माधवकुमार नेपाल,झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ,रघु पन्त,देव गरुङ,जनार्दन शर्मा,सन्तकुमार चौधरी,रामचन्द्र झा,रामकुमारी झॉक्री,महफुज अन्सारी,भानुभक्त जोशी,अमृता थापा र अञ्जना विशंखेले सम्बोधन गरेका थिए भने भने सञ्चालन नेता लीलामणि पोखरेलले गरेका थिए ।
विरोध सभामा वक्ता हरु ले आफ्नो पक्षमा अदालत र निर्वाचन आयोगले फैसला गर्ने दावी गरे ।