पेट्रोलियम पदार्थमा २ रुपैयाँ मूल्यवृद्धि



काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११२ तथा डिजल र मट्टीतेलको रु ९५ तिर्नुपर्ने भएको छ । यस्तै एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य रु. २५ ले बढाएर काठमाडौंका लागि रु १४०० रुपैयाँ कायम गरिएको छ भने हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी