हिकास्ट कलेज बन्द र तोडफोड प्रति अनेरास्ववियुको गम्भीर आपत्ति
काठमाडौ । हिकास्ट कलेज मा भएको बन्द र तोडफोड प्रति अनेरास्ववियू हिकास्ट क्याम्पस कमिटीले आपत्ति जनाएको छ ।
हिकास्टमा केही समय देखी बिद्यार्थी हरु विभिन्न माग राखी आन्दोलनमा रहेका छन् । कोभिड १९ को मारमा परेका विद्यार्थीलाई सहुलियत दिने वा शुल्क मिनाहा गर्ने बिषयमा अनेरास्ववियू ले ध्यानाकर्षण गराउदै आएको थियो अनेरास्ववियू का कार्यबाहक अध्यक्ष बिपुल पौडेल द्वारा जारी बिज्ञप्तीमा भनिएको छ । शान्तिपुर्ण आन्दोलन भइरहेको अबस्थामा कलेज बन्द र तोडफोड गरिएको भन्दै उक्त कदमको भर्सना गरिएको छ । पौडेलले कलेज प्रशासनलाइ सहमतिमा आइ बिद्यार्थीको माग पूरा गर्न माग गरेका छन् ।
हेर्नुस् विज्ञप्ति :