ओली पक्ष युवाको सिन्धुपाल्चोकमा शक्ति प्रदर्शन (फोटो फिचर)



मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आज सिन्धुपाल्चोकमा बृहत शक्ति प्रदर्शन गरेको छ ।

मेलम्चीमा आज युवा संघ तथा महिला संघको संयुक्त भेला आयोजना गरिएको थियो । कार्यक्रम मेलम्ची बजारको बसपार्कमा आयोजना गरिएको थियो भने कार्यक्रम सुरु हुनु पुर्व विभिन्न स्थान बाट मोटरसाइकल र्याली सहित युवाहरु बाहुनेपाटीमा जम्मा भएका थिए । युवा हरु काठमाडौ,बाह्रबिसे क्षेत्र,भोटेचौर,चौतारा लगाएत जिल्लाको विभिन्न क्षेत्रबाट बाहुनेपाटीमा जम्मा भइ त्यहा बाट बृहत मोटरसाइकल र्याली सुरु भएको थियो । युवा संघका नेता महेश चौलागाईं को अनुसार १२०० भन्दा धेरै मोटरसाइकल सहित युवाहरु उपस्थिति रहेका थिए । मोटरसाइकल र्याली नेता महेश बस्नेतले रिबन काटेर उद्घाटन गरेका थिए ।

मोटरसाइकल र्यालीको उद्घाटन हुदै ।

बस्नेतलाई मेलम्चीमा स्थानीयको स्वागत

र्याली मेलम्ची पुगेपछि बजार बाट पैदल यात्रा सहित नेता कार्यकर्ताहरु कार्यक्रम स्थल सम्म पुगेका थिए । बजारबाट र्याली अधि बढी रहदा स्थानीयहरुले फुलका गुच्छा, सादा सहित अतिथि महेश बस्नेत लगाएत अन्य अतिथिहरु लाई स्वागत गरेका थिए ।

मेलम्ची बजारमा

मेलम्चीका मेयर दस मिनेट रोकिए

बाहुनेपाटी बाट आएको बृहत मोटरसाइकल र्यालीको कारण मेलम्चीका मेयर डम्बर अर्याल राजमार्गमै दस मिनेट जति जाममा परेका थिए । मेयर मेलम्ची बाट बाहुनेपाटी तर्फ लागेका थिए । मेयरको गाडी बाटोमा भेटेपछि केही युवाहरुले उनी विरुद्ध नारावाजी समेत गरेका थिए । मेयर अर्याल प्रचण्ड-नेपाल पक्षमा रहेका छन् ।

मेलम्चीमा आइपुग्दा मोटरसाइकल र्याली ।

अनेरास्ववियू को रक्तदान कार्यक्रम

अनेरास्ववियूको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज मेलम्चीमै रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान नौ बजे बाट सुरु भएको रक्तदानमा ७८ जनाले रगत दिएको अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य सन्जिव धितालले सन्देशआज लाई बताए । रक्तदान गर्न चाहाने शंख्या धेरै भए पनि सिमित श्रोतका कारण धेरैले रक्तदान गर्न पाएका थिएनन् ।
फोटो फिचर

भेलामा सहभागी ।
बृहत युवा तथा महिला भेला ।
हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी