किन पैदल हिँड्ने, कसरी हिँड्दा मिल्छ लाभ



हिड्नु स्वास्थ्यकालागि निकै लाभदायक हुन्छ । तर यसको जानकार भएपनि धेरै मानिस पैदल हिड्न रुचाउँदैनन् । तर पैदल हिड्ने बानी बसाउनु राम्रो हुन्छ । यसकालागि दैनिक कम्तिमा आधा घण्टा र सातामा पाँच घण्टा छिटछिटो हिड्ने बानि बसाउनु पर्दछ ।

पैदल हिड्ने बानीले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मुटु रोग, मोटोपना आदिबाट बच्न सकिन्छ । पैदल हिड्न बिहान मात्र राम्रो हुन्छ भन्ने हुदैँन जुनैबेला पनि हिड्नु लाभदायी हुन्छ । तर बिहानीको हिडाईले बढि लाभ भने दिने गर्दछ ।

एकदमै व्यस्त व्यक्तिले पनि दैनिक १५ मिनेट हिँड्न आवश्यक छ । अझ एक घण्टामा चार किलोमिटर पार गर्नेगरी हिडेमा यसले शरीरमा धेरै लाभ पुर्याउँछ । तर वृद्घ, रोगी, हाडजोर्नीका समस्या भएकाहरूले भने बिस्तारै हिँड्नु पर्दछ ।

हिड्दा वातावरणको प्रदूषण हुने, दुर्घटना हुने, कुकुरको टोकाइजस्ता जोखिम हुने ठाँउमा भने हिड्नु हुदैँन । यसको सट्टा चारैतिर हरियाली भएको सफा क्षेत्रमा हिड्नु राम्रो हुन्छ । हिड्नु आधा घण्टाअघि पानी पिउनु पर्दछ र फर्केको आधा घण्टापछि पानी पिउनु पर्दछ ।

चिसो याममा वातावरणमा ससाना प्रदूषण कारक कणहरू हुने भएकाले धेरै चिसोमा हिँड्नु हुदैँन । मुटु, उच्च रक्तचाप, फोक्सोका रोगीहरू चिसो याममा बिहान नहिँडेर घाम लागेपछि वा चिसो कम भएपछि मात्र हिँड्नु उपयुक्त हुन्छ ।

सम्भव नभए बरु घर क्षेत्रमा केहिबेर छिटोछिटो हिड्नु पर्दछ । हिँड्दा आरामदायक चप्पल वा जुत्ता लगाउनु पर्दछ । बढी खुकुलो वा बढी टाइट कपडा वा जुत्ता लगाउनु हुँदैन ।

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

 सामाजिक सञ्जालमा हामी