नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस



काठमाडौं ।  नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक  प्रस्ताव पेस गरेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै भू–उपग्रह राख्ने सरकारको नीतिको कार्यान्वयनका क्रममा ती प्रस्ताव पेस भएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्न सोको  नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता,  बोलपत्र कागजात तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा चार कम्पनीले मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरेको जानकारी दिए । उनका अनुसार भारतको केपीएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र दुबईको एस थ्री टेल इङ्कले प्रस्ताव पेस गरको हो ।

यो समाचार २०७८ वैशाख २८  को गोरखापत्र दैनिकमा छ ।

योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न सिडिओको अनुमति

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीमा ५ घर जल्यो

सभापोखरी : संखुवासभाको सभापोखरी गाउँपालिका ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि

माघे संक्रान्तिको दिन,आजको राशिफल

आज विक्रम संवत २०८१ साल, माघ १ गते, मंगलबार । ईश्वी सन् २०२५

 सामाजिक सञ्जालमा हामी