चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै



१७ जेठ, काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।

विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी