नेपाल समूहले बोलायो केन्द्रिय कमिटिको बैठक, नयाँ पार्टी घोषणा हुनसक्ने
काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
देश र पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षका एक जना नेताले जानकारी दिनुभयो ।
बैठक आज दिउँसो १ बजे भर्चुअल रुपमा बस्नेछ । केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्षसंग वार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्रै दुई धार देखिन थालेको छ ।
हिजो भएको नेपाल पक्षका जनवर्गिय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए ।
आज बोलाईएको केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने बुझिएको छ ।