युवा तथा खेलकूद मन्त्रीलाई नेपाल स्काउटको स्वागत तथा बधाई
२६ जेठ, काठमाडौं । नवनियुक्त माननीय युवा तथा खेलकूद मन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट श्री एकबाल मियाँज्युलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा स्वागत गरिएको छ ।
नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारी तथा निर्देशक रामप्रसाद भट्टराईले मन्त्रीलाई स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय मन्त्रीज्युलाई नेपाल स्काउटको बारेमा ब्रिफिंग समेत गरिएको छ ।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रीय संयोजकले नवनियुक्त मन्त्रीज्युको कार्यकलमा नेपाल स्काउटले उल्लेखनीय विकास गर्ने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै माननीय मन्त्रीज्युले नेपाल स्काउट ऐन २०५० लाई समय सापेक्ष बनाई स्काउटिंग गतिबिधीलाई झनै प्रभावकारी बनाउने बताउनुभयो ।