युवा उद्यम कार्यक्रमको बारे त्रीपक्षिय छलफल



२६ जेठ, काठमाडौं ।
युवा उद्यम कार्यक्रम अगाडि बढाउने बारे राष्ट्रिय युवा संघ नेपाल , राष्ट्रिय युवा परिषद र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बीच आज युवा परिषद्को कार्यालयमा छलफल भएको छ ।

आज भएको त्रीपक्षियमा बैठकमा समग्र युवा बिकास , युवा उद्यमि बनाउने बिसयमा छलफल भएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबेले जानकारी दिनु भयो । ‘तत्काल यक्सनमा जने गरि योजना बनेको छ’ थेबेले भन्नु भयो ।

युवा संघका अध्यक्ष किरण पौडेलले युवाहरुको विशेषता, मनोभावनाको आधारमा भौगोलिक परिवेश अनुसारको भिन्न भिन्न प्रकारको युवा उद्यम कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलले समृद्ध मुलुक निर्माणमा समग्र युवालाई व्यापक सहभागिता गरि अघि बढ्ने बताउनु भयो । बैठकलाई नेफ्स्कून का अध्यक्ष परिसोत पौडेलले सहजीकरण गर्नु भएको थियो ।

राष्ट्रिय युवा परिषदले बिभिन्न जिल्लामा युवा उद्यम कार्यक्रम अहिले पनि संचालन गरिरहेको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय