गण्डकी प्रदेशमा अब फोनबाट कोरोना संक्रमितलाई परामर्श
२६ जेठ, पोखरा ।
गण्डकी प्रदेशमा आज देखि कोरोना संक्रमितलाई फोन बाट परामर्श दिने सेवाकाे आज सुरुआत भएको छ ।
अहिले ८ हजार जना संक्रमित होम आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुलाई फोनको माध्याम बात परामर्श दिने सेवाकाे आज सुरुआत गरेको गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।
पोखरा नर्सिङ कलेजका १२५ जनाभन्दा बढी नर्स तथा अन्य विज्ञ चिकत्सकहरुले संक्रमितहरुलाई परामर्श दिइने बताइएको छ ।