जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार २ जनाको मृत्यु, २ जना घाईते



सोलु, २८ जेठ ।

सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा जेसिबी ले छुईन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् ।
घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी