ज्यान मार्ने उद्योगको मुद्धा चलाउन पोख्रेलको माग छ,ओलीको सुरक्षाको लागि युवा संघ तयार



राष्ट्रिय युवा संघ बागमतीका अध्यक्ष प्रकाश गौतम तथा नेकपा एमाले बागमती प्रदेश का अध्यक्ष आनन्द पोख्रेल

काठमाडौँ । कांग्रेस सांसद वैद्यले शुक्रवार प्रदेशसभामा बोल्ने क्रममा प्रधानमन्त्री ओलीलाई त्यत्तिकै छोड्न नहुने भन्दै महात्मा गान्धिलाई हत्या गर्ने नाथुराम गोड्से जस्तै बन्ने अभिव्यक्ति दिए पछी उनको चर्को आलोचना भएको छ । उहाको उक्त भनाइको बागमती प्रदेशको पार्टी तथा युवा संघले कडा शब्दमा बिरोध गरेको छ ।

नेकपा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले कांग्रेस सांसद नरोत्तम वैद्यको अभिव्यक्ति बिपक्षी गठबन्धनको षड्यन्त्र अनुसार आएको दाबी गर्नु भएको छ ।

एमाले नेता नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष समेत रहनु पोखरेलले आपत्तीजनक अभिव्यक्ति दिने सांसद वैद्यलाई तत्काल निलम्बन र पक्राउ गरी मुद्धा चलाउन माग गर्नु भएको छ । ‘यो विषय सामान्य व्यक्तिले लहडमा मात्र बोलेको होईन, यसमा गम्भिर षड्यन्त्र लुकेको छ, पोखरलले भने सत्यतथ्य पत्ता लगाउन शक्तिशाली आयोग बनाउन माग गर्दछु ।” हत्या जस्तो गम्भिर अपराधको वकालत गर्ने सबैलाई कानूनको दायरामा ल्याई ज्यान मार्ने उद्योगको मुद्धा चलाउनुपर्ने उहाको माग छ ।

युवा संघ बागमतीको पनि बिरोध

नेकपाको भात्रृ सङ्गठन राष्ट्रिय युवा संघ नेपाल बागमतीका अध्यक्ष प्रकाश गौतमले समेत वैद्यको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । ‘हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन माननीय सभामुखलाई राष्ट्रिय युवा संघ नेपाल, बाग्मति प्रदेश कमिटी गम्भीर ध्यानाकर्षण गराउँछ’ विज्ञप्तिमा भनिएको छ । उहाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि लाखौँ युवा बलिदान दिन तयार रहेको बताउनु  भएको छ । उक्त अपराधिक मानसिकता भएका यस्ता सांसदलाई हदैसम्मको कारवाहीको माग  समेत गर्नु भएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी