वैद्यको अभिव्यक्ति विरुद्धमा हेटौडामा प्रदर्शन
२९ जेठ, हेटौडा ।
वागमती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यको अभिव्यक्ति विरुद्धमा आज हेटौडामा प्रदर्शन भएको छ ।
सांसद् वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनु भएको थियो । वैद्यले दिएको उक्त अभिव्यक्ति तुरुन्त फिर्ता लिन र वैद्ध लाई तुरुन्त कारवाहीको माग राख्दै अनेरास्ववियु र मदन भण्डारि स्पोर्ट्स एकेडेमि ले बागमति प्रदेश को राजधानी हेटौडामा नरोत्तम बैद्य को पुत्ला जलाएको छ ।