पेनाल्टीमा चुक्दा फेरि बराबरीमा रोकियो स्पेन



Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह ‘ई’को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको २४ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएका थिए। पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले खेल बराबरीमा ल्यायो। पोल्याण्डका लागि खेलको ५४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको ५८ औं मिनेटमा खेलमा अग्रता बनाउने अर्को अवसरमा स्पेन चुकेको थियो। स्पेनका जेरार्ड मोरोनो पेनाल्टीमा पाएको अवसरमा चुक्दा खेलमा राम्रो पकड बनाए पनि तीन अंक जोड्न फेरि पनि स्पेन असफल भएको छ।

यसअघिको खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको प्रमुख उपाधि दाबेदारमध्येको एक मानिएको स्पेनले निराशाजनक सुरुवात गरेको थियो। यो सँगै स्पेन समूह ‘ई’ मा दुई अंक जोडेर तेस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा ४ अंक जोडेको स्वीडेन छ भने दोस्रो स्थानमा ३ अंक जोडेको स्लोभाकिया र तालिकाको पछारमा १ अंक जोडेको पोल्याण्ड छ।

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सिन्धुपाल्चोक खेलकुद महासंघमा श्रेष्ठ

मेलम्ची। नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोक जिल्ला अधिवेसनबाट राजु श्रेष्ठ अध्यक्षमा चुनिएका छन्। सिन्धुपाल्चोकको

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

  साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।