अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र



काठमाडौँ – यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ ।

साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, ‘पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरण गर्न लागिएको उनले बताए ।

ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई ‘क्यूआर’ (क्विक रेसपोन्स) कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण गरिने जनाको छ ।
आजको गोरखापत्र दैनिकबाट

नयाँ प्रविधिमा पुराना फिल्म

नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा

दराजको दशैं धमाका घोषणा, इलेक्ट्रिक स्कुटर जित्ने मौका

काठमाडौं, भदौ, ३१ । अनलाइन शपिङ प्लेटफर्म दराजले दशैं धमाका अभियानको हुनेछ ।

मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन्

फेसबुक कम्पनीको नाम परिवर्तन अब नयाँ नाम मेटा

कार्तिक १२ । संसारभर प्रख्यात रहेको सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको