प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन



काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता पक्षले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गरेका छन्।

मंगलबार गठन भएको संगठनको अन्तरिम घोषणापत्र समेत सार्वजनिक गरिएको छ। ‘शासक वर्ग’ले समाजमा सृजना गरेको ‘भ्रम’ चिर्नलाई उक्त संगठनको आवश्यकता रहको बताइएको छ। द्वन्द्व र विभाजनको स्थितिको अन्त्य समेत आईटी आर्मीले गर्ने अन्तरिम घोषणापत्रमा उल्लेख छ।

सूचना प्रविधि (आईटी)को सहायताले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती लगायतका विसंगति हटाउन सकिने आईटी आर्मीले जनाएको छ। आईटीकै माध्यमबाट दमन उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ।

मुख्यतः आम श्रमजीवी तथा उत्पिडित जनतालाई सूचना प्रविधिको सहायताले सुसूचित, सचेत र संगठित गर्ने गराउने आईटी आर्मीको उद्धेश्य छ।

एमालेमा यसअघि नै ‘साइबर सेना’ समेत गठन गरिएको थियो। अध्यक्ष ओलीनिकट नेता महेश बस्नेतले साइबर सेना गठन गरेका थिए।

साबइबर सेनापछि साहको नेतृत्वमा सोही प्रकृतिको आईटी आर्मी पनि गठन गरिएको हो।

बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ध्यान दिन सिजपको ध्यानाकर्षण

काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ख्याल गर्न

प्रधानमन्त्री द्वारा माईती नेपाललाई एक करोड दिने घोषणा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

काठमाडौं : आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी १०

नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि नेपाल आर्मीलाई

बुटवल: त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको

 सामाजिक सञ्जालमा हामी