राष्ट्रिय युवा संघको खेलकुद विभागले पायो पुर्णता



साउन १०,काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय खेलकुद विभागले पुर्णता पाएको छ । संघको कार्यलयमा साउन आठ गते बसेको बैठकले विभागमा सदस्यहरु सिफारिस गरिएको हो।

संघका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा बसेको बैठकले उपप्रमुखमा वसन्त लामालाई सिफारिस गरेको छ । बैठकले सिफारिस गरेको नामहरु केन्द्रिय कमिटीले अनुमोदन गर्ने छ ।
खेलकुद विभागले केही समय अघि मात्र युरो र कोपा अमेरिका को अन्तिम खेल हुदा विविध कार्यक्रम आयोजना गरेको खेलकुद विभागका प्रमुख कुवेर अधिकारीले बताए। बिभागले केही समय भित्रनै विभिन्न खेल प्रतियोगिता आयोजना गर्ने पनि अधिकारीले बताए । हिजो मात्र युथ फोर्सले आयोजना गरेको कार्यक्रममा खेलकुद विभागले स्वयंसेवकको जिम्मा खेलकुद विभागले लिएको थियो ।
कोको परे खेलकुद विभागमा
विभागका प्रमुखमा स्थाइ कमिटी सदस्य रहेका कुबेर अधिकारी छन् भने उप प्रमुखमा दोलखाका वसन्त लामा छन् । सदस्यहरुमा अजय भक्त श्रेष्ठ, रन्जित क्षेत्री,निस्चल अधिकारी,खगेन्द्र थापा,माधव खड्का,सुनिल थापा,तपेन्द्र भण्डारी,वविता अधिकारी,इश्वर खड्का,सुनिल श्रेष्ठ,इश्वर रिजाल,पिन बहादुर पुन, सविन भण्डारी,जेनिस पौडेल,गणेश शर्मा,रामचन्द्र सुवेदी,विपिन सोनाम रहेका छन् ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी