मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं । मलेसियाका प्रधानमन्त्री युहयिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । मलेसियाका राजासमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।
राजीनामापछि राजाले उनलाई नै मुलुकको अन्तरिम प्रधानमन्त्री बनाएका छन् । पछिल्लो केही महिनादेखि चलिरहेको राजनीतिक खिचातानीको कारण यासिनले आफ्नो बहुमत गुमाएका हुन् ।