एकीकृत समाजवादीको चुनाव चिन्ह कलम राख्ने, एक उपमहासचिव र तीन सचिव थपिए



काठमाडौँ । एकीकृत समाजवादीले पार्टीको पदाधिकारी संख्या थप गरेको छ।

हिजो काठमाडौंमा सम्पन्न भएको  स्थायी कमिटी बैठकले एक उपमहासचिव र तीन जना सचिव थप गर्ने निर्णय गरेको हो।

उपमहासचिवमा प्रवक्ता समेत रहेका जगन्नाथ खतिवडालाई मनोनयन गरिएको छ भने थपिएका तीन जना सचिवमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वास रहेका छन्।

यसअघि समाजवादीले उपमहासचिवमा डा. विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वालालाई मनोनयन गरेको थियो।

त्यस्तै रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिव बनाइएको थियो। बिहीबारको बैठकले खतिवडालाई उपमहासचिवमा बढुवा गर्ने निर्णय गरेको नेतृ झाँक्रीले जानकारी दिइन्।

समाजवादीले पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी