माओवादी को स्थायी कमिटी बैठक सम्पन्न



काठमान्डौ, कार्तिक १ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ।  बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ।

सोमवार केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताए। उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताए।

‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निस्कर्षमा पुगेको छैन, मंगलबार बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ’ प्रवक्ता महराले भने।

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार बिहान ८ बस्नेछ। मंगलवारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताए।

स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले विभिन्न पार्टीबाट पार्टी एकतामा आएका नेताहरूको जिम्मेवारी र संगठनका आन्तरिक विषयमा पेस भएका प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले बोल्ने क्रम जारी रहेकाले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल

संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका

राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश

 सामाजिक सञ्जालमा हामी