सिन्धुपाल्चोकमा एकै दिन चारपटक भूकम्प



चौतारा,कार्तिक २। सन्देशआज । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा भूकम्पहरु गएका थिए । त्यसपछि ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको हो । विनाशकारी गोरखा भूकम्पपछि सिन्धुपाल्चोकमा नै ठूलो पराकम्प गएको थियो । जसका कारण त्यस क्षेत्रमा ठूलो क्षति भएको थियो । पछिल्ला भूकम्पका क्षतिको विवरण प्राप्त भएका छैनन् ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी