नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने
कार्तिक ५, काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय स्थायी कमिटी बैठकबाट भएको एमाले प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।
महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।
त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक–एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिए ।एमालेको आर्को वैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने छ ।