पिडित परिवार तत्काल राहत देउ : कमल थापा
कार्तिक ६, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले पिडित परिवार तत्काल राहत दिनु पर्ने बताएका छन् ।
बेमौसमी वर्षाले जनधनको ठूलो क्षति पुगेको भन्दै थापाले गहिरो दुःख समेत व्यक्त गरेका छन् । वातावरण संरक्षण र पर्यावरणमा देखिएको नकरात्मक प्रभाव न्यूनिकरण गर्न सशक्त कदम चाल्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।